ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

कलाकार संघ युएसएका अध्यक्ष तथा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ का महासचिव सुमन बुढामगरलाई यौन दुराचारीको आरोप लागेको छ । यो अवार्डमा सहभागी एक गायिकालाई बुढामगरले पटक पटक यौनकोलागि मानसिक यातना दिएको भन्दै ती गायिकाले विज्ञप्ति जारी गरेकी छिन् ।

गायिका छिरिङ डोमा शेर्पा (जेनिफर पिनाशा)ले आफुलाई निज सुमन बुढामगरले अमेरिका लगेर यो अवार्ड दिन्छु भन्दै यौन सम्बन्धको लागि पटक पटक दवाव दिएको भन्दै यी गायिकाले विज्ञप्ति निकालेकी हुन् ।

अवार्ड दिने नाममा सुमन बुढामगरले हेलिकप्टरमा चढाएर मनाङ घुमाउने र पोखराका होटेलमा बस्नको लागि आफुलाई दवाब दिएको पनि गायिका शेर्पाले आफ्नो विज्ञप्ति मार्फत जनाएकी छिन् ।

सुमन बुढामगर भन्ने मान्छेले पटक–पटक इमोसनल ब्लकमेलिङ गरेको सेक्सुअल हर्यास्टमेन्ट गरेको र उनको कुरा आफुले नमानेपछि सामाजिक सञ्जाल फेसबुकबाट आफुलाई ब्लक गरिदिएको पनि यी गायिकाले फेसबुक स्टाटसमा जारी बिज्ञप्तिमा लेखेकी छिन् ।

अहिले वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९ को उत्कृष्ट १० नोमिनेशनहरुबीच भोटिङ चलिरहेको छ । उत्कृष्ट ३ मा परेकाहरुलाई आयोजक पक्षले अमेरिका लैजाने भनेर घोषणा गरेपछि अमेरिका लैजाने प्रलोभन देखाएर उत्कृष्ट ३ मा पार्छु भन्दै सुमन बुढामगरले यौन दुब्र्यबहार गरेको पनि गायिका शेर्पाले बताएकी छिन् ।

बुढामगरलाई कडा भन्दा कडा कारवाही गर्न पनि गायिका शेर्पाले माग गरेकी छिन् । पत्रकारहरु, अनलाइन न्युज र टेलिभिजन च्यानललाई सम्बोधनबाट गायिका शेर्पाले स्टाटस सुरु गरेकी छिन् । उनले यस्ता कुविचारबाट ग्रसित बुढाबगरजस्ता समाजको नराम्रो व्यक्तिलाई सजाय दिन सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको बिज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

यसैबीच आयोजक अन्य सदस्यहरुले यो अर्वाडबाट सुमन बुढामगरलाई वल्र्ड म्युजिक अवार्डबाट पूर्ण रुपमा हटाएको घोषणा गरेका छन् । ‘वल्र्ड नेपाल म्युजिक अवार्ड २०१९’को आयोजना वल्र्ड कनेक्सन युएसए इन्सले विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिको महासचिबबाट निलम्बित गरेको जनाएको छ,‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको कारण बुढालाई निर्दाेष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वल्र्ड कनेक्सनको जारी गरेको विज्ञप्तीमा लेखिएको छ । अवार्डका उपाध्यक्ष दावा शेर्पा र निर्देशक सुरज राईले विज्ञप्ति जारी गर्दै सुमनलाई हाल निलम्बन गरिएकाले निजसँग अवार्ड सम्बन्धि कुनै पनि कार्य नगर्न सम्बन्धित कलाकार तथा संघ संस्थालाई पनि अनुरोध गरेका छन् ।

नेपाल संगीत उधोग संघका पूव अध्यक्ष रहिसकेका सुमन बुढामगर केही वर्ष यताबाट अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन् । कलाकार संघ युएएसएका बर्तमान अध्यक्ष रहेका बुढामगरलाई त्यो संस्थाले भने अहिलेसम्म पनि कारवाही गरेको छैन । यौन दुराचारीको आरोपीलाई संघले चोख्याउन खोजेको आरोप संघमाथि यतीबेला लागेको छ ।