सरौंतोको ट्रेलरमा सुमीको एक्सन


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असोज

आगामी २२ कार्तिकबाट प्रदर्शनमा आउने चलचित्र ‘सरौतो’ को ट्रेलर रिलिज गरिएको छ । फिल्मको ट्रेलरले यो फिल्म पूर्ण एक्सन प्रधान रहेको देखाएको छ । यो फिल्मकी मुख्य अभिनेत्री सुमी मोक्तान कान नसुन्ने भूमिकामा छिन् ।

सुमीको एक्सन यसमा निकै प्रभावशाली रहेको ट्रेलरमा उल्लेख छ । एक्सन भूमिकाको लागि आफुले एक वर्षसम्म लामो समयसम्म मार्सल आर्ट सिकेको सुमीले बताएकी छिन् । उनले मार्सल आर्ट सिकेको ट्रेलरबाट पनि प्रस्टिएको छ ।

फिल्ममा सुमीको सहयोगी नायकको रुपमा सन्नी सिंह र खलचरित्रको रुपमा लियो ट्यांकसँगै खल चत्रिर आमिर गौतमको काम पनि ट्रेलरमा आकर्षक छ । अग्रज कलाकार युवराज लामा, विजय लामा, धिरेन शाक्यको पनि फिल्ममा ससक्त भूमिका रहेको ट्रेलरमा देखिएको छ ।

ट्रेलरले सोचे अनुसारको पिकअप युट्युवमा लिन सकेको छैन । सायद ट्रेलरलाई बुस्ट नगरिएकाले पनि उग्रगतिमा यसले भ्युज नपाएको हुन् । तथापि अर्गानिक भ्युज भनिएको सरौंतोले २४ घन्टामा ५० हजार भ्युज पाएको छ ।

यो चलचित्रमा अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको पसिन मुख्य भूमिका छ । छायाँकार हरी हुमागाईंले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन् ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रको बदलाको कथामा केन्द्रित छ । जसमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्धन्द्ध निर्देशन छ । यस्तै राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत, सृजना जोशीलगायतको लगानी यो चलचित्रमा छ ।