ट्रेलरमा रुचाईँदै घामड शेरेको खोलालाई मुद्दा हाल्ने किस्सा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असोज

अन्तत ः चलचित्र घामड शेरे आगामी ८ कात्तिकबाट रिलिजको तयारी सहित निर्माण पक्ष यतीबेला प्रचारमा जुटेको छ । यो चलचित्रको निर्माण टीमले सोमबार दिउँसो घामड शेरेको ट्रेलर रिलिज गर्यो । चलचित्र घामड शेरेको ट्रेलरलाई अहिले दर्शकले रुचाएका छन् ।

यो फिल्मको ट्रेलरमा बिदेशबाट फर्किएको एउटा युवा शेरे (निश्चल बस्नेत)ले किनेको खेत खोलाले बगाएपछि त्यही खोलालाई मुद्दा हाल्ने प्रसँगमा केन्द्रित छ । मुद्दा हाल्दा उल्टै उसले नानाभाँती सुन्नु पर्छ ।

फिल्मको ट्रेलरमा राखिएको यही प्रसँगलाई यतीबेला दर्शकले सर्वाधिक रुचाएका हुन् । फिल्मको ट्रेलरले छोटो समयमा दर्शकको प्रसस्त मायाँ पाएको छ । सोही कारण पनि यो ट्रेलरले रिलिज भएको २४ घन्टामै करिब ४ लाख भ्युज युट्युवमा पाईसकेको छ ।

फिल्म आगामी तिहारको अबसरमा ८ कात्तिकमा रिलिज हुँदैछ । फिल्ममा अभिनेता निश्चल बस्नेत र उनकी पत्नी अभिनेत्री स्वस्तिमा खड्काले भेना सालीको भूमिका निर्वाह गरेका छन् । श्रीमान श्रीमती भएर साली भेनाको भूमिका निर्वाह गर्दा निकै फरक अनुभव भएको यी दम्पत्तिले बताएका छन् । यसमा निश्चलको श्रीमतीको भूमिकामा भने सुष्मा निरौला छिन् ।

यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । जसमा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्यालसहितको अभिनय छ ।