निश्लच र स्वस्तिमाको सन्तान अझै ढिलो आउने


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असोज

चलचित्र निर्देशक एवम् अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले आफुहरुको सन्तान अझै ढिलो हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको चलचित्र घामड शेरेको ट्रेलर रिलिज समारोहमा अभिनेत्री स्वस्तिमाले अहिले सन्तान जन्माउन योजना नभएको खुलासा गरिन् ।

यो फिल्ममा शेरे बनेका निश्चल र उनकी साली बनेकी स्वस्तिमालाई बस्तविक जीवनमा अब डम्बरु कहिले जन्माउने भन्ने पत्रकारको प्रश्नमा निश्चलले यसको जवाफ दिनको लागि जब स्वस्तिमालाई माईक थमाए । तब अभिनेत्री भनिन्,‘ढिलो आउँछ तर कडा आउँछ ।’

अभिनेत्री स्वस्तिमा आफुहरुको सन्तान अझै केही वर्ष पछि आउने तर कडा आउने बताएकी हुन् । निश्चल र स्वस्तिमाले विवाह गरेको चार वर्ष पुग्यो । तैपनि यी दुई अहिलेसम्म सन्तानको बुबा आमा बन्न सकेका छैनन । आखिर कहिले सन्तान जन्माउने त भनेर यी दुईलाई बारम्बार प्रश्न उठाउने गरिएको छ ।

अभिनेत्री स्वस्तिमाको अहिले फिल्म करिअर राम्ररी माथि उठिरहेको छ । उनका हातमा राम्रा फिल्म आउने गरेका छन् । सोही कारण पनि उनी अझै केही वर्ष राम्रा र प्रभावशाली फिल्म खेल्ने पक्षमा छिन् । त्यसैले स्वस्तिमालाई सन्तान जन्माउने हतार छ ।

श्रीमतीलाई सन्तानको हतार नहुँदा श्रीमान निश्चलले पनि हतार गरेका छैनन् । त्यसैले सन्तानको बारेमा ढिला आउँछ तर कडा आउँछ भनेर जवाफ दिँदा श्रीमान एवम् अभिनेता निश्चल मुसुमुसु हाँसेका थिए ।