बलिउडकी सबैभन्दा महँगी नायिका कँगना


मुम्बई/एजेन्सी (२३ असोज)

बलिउडकी अभिनेत्रीहरु मध्य सबैभन्दा महँगो पारिश्रमिक लिने नायिकाको सूचीमा अभिनेत्री कँगना रनौतले आफुलाई उभ्ययाएकी छिन् । महँगा नायिका भनेर चिनिएका दीपिका पादुकोण र प्रियँका चोपडालाई पनि कँगनाले उछिनेकी छिन् ।
यस अघि सबैभन्दा महँगो पारिश्रमिक लिने नायिकाको रुपमा दीपिका पादुकोण थिईन् । उनले एउटा फिल्मबाट २२ करोडसम्म पारिश्रमिक लिएकी छिन् । तर दीपिकालाई उछिनेर अभिनेत्री कँगना रनौतले आफ्नो पारिश्रमिक २५ करोड भारतीय रुपैयाँ पुर्याएकी छिन् ।

लगातार उत्कृष्ट फिल्म दिएर ३ पटकसम्म भारत सरकारको तर्फबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कारबाट सम्मानित भएकी कँगनाले हरेक पटक सफल फिल्म दिएकी छिन् । यसपटक रिलिज भएको उनको फिल्म जजमेन्टल है क्या पनि सफल भयो ।

केही वर्ष अघिसम्म बलिउडकी सबैभन्दा महँगी नायिका प्रियँका चोपडा थिईन् । तर पछिल्लो समय उनी फिल्म भन्दा पनि दाम्पत्य जीवनमा व्यस्त हुन थालेकी छिन् । उनले पछिल्लो समय एउटा फिल्मबाट १८ करोड भारतीय रुपैयाँ लिएकी छिन् । प्रियँकाले फिल्मबाट २० करोडसम्म पारिश्रमिक माग्न थालेकी छिन् ।

महँगी नायिकाको रुपमा चर्चा कमाएकी प्रियँकालाई दीपिकाले २२ करोड पारिश्रमिक लिएर यस अघि नै उछिनिसकेकी छिन । यतीबेला दीपिकालाई पनि उछिनेर कँगनाले २५ करोड पारिश्रमिक लिएकी हुन् ।