६ मायाँ छपक्कैबाट केकी पूर्ण आशाबादी

ब्युटी न्युज नेपाल
काठमाडौं, २२ असोज

अभिनेत्री केकी अधिकारी यसपटक पूर्ण आशाबादी छिन् । यही शुक्रबारबाट उनको नयाँ चलचित्र ६ मायाँ छपक्कै रिलिज हुँदैछ । टीकाको दिन आफन्तसँग टीका सकेर उनी आजबाट फेरी आफ्नो चलचित्रको प्रचारमा जुटेकी छिन् । दशैंको अबसरमा आयोजना गरिएको विभिन्न कार्यक्रमसँगै मिडियामा फिल्मको बारे अन्तरवार्तामा आफु ब्यस्त रहने यी अभिनेत्रीले बताएकी छिन् ।

छक्का पञ्जा जस्तो सफल फिल्म निर्माण गरेको टीमसँग आफु जोडिन पाउँदा निकै खुसी लागेको उनले बताएकी छिन्,‘२४ असोजबाट हाम्रो नयाँ फिल्म ६ मायाँ छपक्कै रिलिज हुँदैछ । हामी अहिले निकै उत्साहित छौं ।’ अभिनेत्री केकीले भनिन् ।

दीपकराज गिरी, दीपाश्री निरौलासहितको टीममा पहिलोपटक आबद्ध हुँदा आफुले धेरै कुरा सिक्ने अबसर पाएको यी अभिनेत्रीले बताईन्,‘अहिलेसम्म दजैनौं फिल्ममा काम गरिसकेको थिएँ । तर फिल्ममा काम गर्दा कत्तिधेरै मेहनत गर्नु पर्दो रहेछ भन्ने बारे बल्ल यसपटक पुरा महसुस गर्न पाएँ ।’ उनले भनिन्,‘म जुन दिन देखि ६ मायाँ छपक्कैमा अनुबन्धित भएँ । त्यही दिनदेखि दीपकदाई, दिपादिदीहरुको फिल्मप्रतिको मेहनत र लगाब अहिलेसम्म पनि त्यस्तै छ र उहाँहरुको जस्तो मेहनत एवम् लगाब मैले यसअघि कहिल्यै पनि अरु फिल्मको युनिटमा देखेको थिईन ।’

राजनीतिक पृष्ठभूमिमा निर्माण भएको यो चलचित्रमा आफु एक प्रेमिकाको भूमिकामा रहेको पनि यी अभिनेत्रीले बताईन् । तर आफ्नो भूमिकाबारे ठयाक्कै खोल्न उनले चाहिनन् । उमेरले ४२ वर्ष नाघेको राजनीति प्रति कर्मठ र इमान्दार एक व्यक्तिसँग २४ पुगेकी युवती अर्थाता प्रेमिकाको भूमिकामा आफु रहेको उनले बताईन् । यो चलचित्र पारिवारिक हास्य प्रधान सिनेमा बनेको पनि केकीले जानकारी गराईन् ।

२४ असोजबाट मुलुकका सबैजसो सिनेमा हलमा आउने भएकाले दर्शकले यसलाई हेरेर उचित प्रतिक्रिया दिने प्रतिक्षामा अभिनेत्री केकी अधिकारी छिन् ।

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More