बेलायतमा सृष्टीसँग दशैं मनाउँदै सौगात मल्ल


ब्युटी न्युज नेपाल
काठमाडौं, २० असोज

दशैंमा बिदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन्छन् । टाढा रहेका नेपालीहरु आफ्नो घर आउँछन् । तर यो दशैंको अबसर पारेर अभिनेता सौगात मल्ल यतीबेला बेलायत पुगेका छन् ।

उनी दशैंका अबसर पारेर त्यहाँ घुम्न गएका पनि हैनन् । त्यहाँ उनको कुनै फिल्मको सुटिङ चलेको छैन । बरु बेलायतबाट फर्केर उनी नयाँ फिल्मको छायाँकनमा जोडिने छन् । उनी त यसपटक दशैं मनाउन बेलायत पुगेका हुन् । आखिर सुटक्क किन अभिनेता सौगात दशैं मनाउन बेलायत गएत ? अहिले यो कुरा धेरैलाई चासो बनेको छ ।

अभिनेता सौगातको नयाँ चलचित्र ‘पोई पर्यो काले’ यही ८ कात्तिकबाट सिनेमा हलमा रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा उनी काठमाडौं हुनु पर्ने हो । तर उनी दशैं मनाउन बेलायत पुगेका छन् ।

उनी आफ्नो प्रेमिका एवम् अभिनेत्री सृष्टी श्रेष्ठसँग दशैं मनाउन लन्डन पुगेका हुन् । चलचित्र पोइ पर्यो कालेमा सौगात र सृष्टी दुबैको मुख्य भूमिका छ । यी दुबैले यो फिल्मको बारेमा केही मिडियालाई यस अघि नै अन्तरवार्ता दिएर बेलायत उडेका हुन् । अब उनीहरु तिहार छेका मात्र काठमाडौं फर्कने छन् ।

अभिनेत्री सृष्टी र अभिनेता सौगात केही समयदेखि प्रेम सम्बन्धमा छन् । पारिवारिक सुत्रका अनुसार यी दुईलाई विवाह गरिदिने पक्षमा उनीहरुका परिवार पुगेका छन् ।सृष्टीका परिवारले बोलाएपछि आफुहरु दशैं मनाउन त्यता गएको बताउँदै अभिनेता सौगातले भने,‘सृष्टीका परिवार लन्डनमा हुनुहुन्छ । उतैबाट यसपटक सँगै दशैं मनाउन निम्ता आएका कारण हामी दुबैजना लन्डन गएका हौं ।’ यी जोडी दुई साता अघि नै दशैं मनाउन बेलायत उडेका हुन् ।

यसपटकको आफ्नो दशैं बिदेशमा बित्ने र बिदेशमा दशैंको अनुभव यसपटक आफुले सँगाल्ने पनि सौगातले ब्युटी न्युज नेपाललाई बताए ।