ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असोज

दशैंको अबसर पारेर गायक निशान भट्टराई र गायिका मेलिना राईले नयाँ गीत हावा चल्यो…दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

हावा चल्यो…गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र मोडल अर्जुन गौतमको अभिनय रहेको छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । यो गीतको नृत्यमा प्रविण सिंहको करियोग्राफी रहेको छ ।

नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन् ।

यो गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् । संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो आकर्षक छ ।