देवलको चौबन्दीमा सजिए रबी र अस्मिता


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असोज

दशैंको अबसर पारेर २४ असोजबाट नयाँ चलचित्र ६ माया छपक्कै रिलिज हुँदैछ । तर यतीबेला ६ माया छपक्कै बोलको अर्को गीत रिलिज भएको छ । यो गीत सुन्दा चलचित्र ६ माया छपक्कैको पो होकी जस्तो लाग्छ । तर यो गीत ६ माया छपक्कैको नभएर दोश्रो संस्करणका नेपाल आईडल रबी ओड र दोश्रो संस्करणकै नेपाल आईडलको उत्कृष्ट पाँचमा पर्न सफल गायिका अस्मीता अधिकारीको स्वरमा रहेका आधुनिक युगल गीत हो ।

गीतकार देवल भण्डारी लामो समयदेखि अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आएका छन् । उनले नियमित रुपमा नयाँ गीतहरु दर्शकमाझ ल्याउने गरेका छन् । देवलले यसपटक दशैंलाई लक्षित गरेर यो नयाँ गीत चौवन्दीमा सजिएकी…६ माया छपक्कै बोलको गीत ल्याएका हुन् ।

हिजो मात्र रिलिज गरिएको यो गीत कर्णप्रिय छ । संगीतकार दीपक शर्माले यो गीतको संगीत गरेका हुन् । जसमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । दोश्रो नेपाल आईडलका विजयी रवी र उत्कृष्ट पाँचमा समेटिएकी अस्मीताको स्वर कर्णप्रिय बनेको छ । गीतलाई यी दुईले स्वरमा न्याय गरेका छन् ।

यो गीतको भिडियोमा अभिनता नाजिर हुसेन र अभिनेत्री एलिसा राई मुख्य भूमिकामा छन् । त्यसो त गायक रवि ओड र मोडल अस्मिता भट्टको पनि मोडलको रुपमा गीतको भिडियोमा प्रस्तुत भएका छन् ।

राजिव समरले यो गीतको भिडियो कोरियोग्राफी निकै सुन्दर रुपमा गरेका छन् । यो गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन् । भिडियोमा कोरियोग्राफीको काम आकर्षक देखिएको छ ।