चौथो नेपाल्स् नेक्ट्स सुपर मोडलको बिजेता सादा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

आर एन्ड आर गु्रपको आयोजनामा बिहिबार अबेरसाँझ काठमाडौंमा सम्पन्न ‘नेपाल्स् नेक्ट्स सुपर मोडल–२०१९’को उपाधि सादा थापाले जितेकी छिन् । सो प्रतियोगितामा फाईनलमा उत्रिएका नौ मोडललाई उछिन्दै सादाले २५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सो उपाधि हाँसिल गरेकी हुन् । अर्गनाईजर च्वाईसको उपाधि पनि सादाले प्राप्त गरिन् ।

चौथो सँस्करणको यो प्रतियोगितामा निरिसा दली श्रेष्ठले फस्ट रनरअपको उपाधि हासिल गरिन् । सोही प्रतियोगितामा कृतिका श्रेष्ठ सेकेन्डर रनर अप घोषित भईन् । सो प्रतियोगितामा विभिन्न अन्य उपाधिहरु पनि थिए ।

कार्यक्रममा मिस फोटोजेनिकको उपाधि प्रेरणा बलायाले, बेस्ट फिगरको उपाधि गीता महर्जनले, मिस मल्टिमिडिया र मिस कन्जिनियालिटीको उपाधि कृतिका श्रेष्ठले, बेस्ट हेयरको उपाधि पूर्णिमा श्रेष्ठले, बेस्ट वाकको उपाधि र बेस्ट स्किनको उपाधि निरिसा दली श्रेष्ठले, मिस पर्सनालिटीको उपाधि साईलिना भुजेलले हाँसिल गरे ।

मोडलिङ क्षेत्रमा व्यबसायिक रुपमा नयाँ मोडल ल्याउन आफुहरुले चार वर्षयताबाट नियमित रुपमा ‘नेपाल्स् नेक्स सुपर मोडल’ प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्था आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताईन् ।

यो प्रतियोगिताको कोरियोग्राफी र फाईनल इभेन्ट सञ्चालन पनि रोजिन शाक्यले गरेका थिए । सुरेश प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न यो प्रतियोगिताको फाईनल निर्णायकमा अग्रज फोटोग्राफर राजभाई सुवाल, अधिवक्ता लक्ष्मण महर्जन, टिन क्रियटिभ ब्युटीपार्लर एन्ड स्पा महाराजगञ्जकी सञ्चालक निरुपा गड्तौला, रश्मी तण्डुकार, पुजा बज्राचार्य र गोपाल भण्डारी थिए ।

तस्बिर सौजन्य– महेश प्रधान