सांसद शान्ता र नेतृ भगवतीले ल्याए नयाँ गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असोज

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोहबीच नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी र भगवति न्यौपानेद्वारा लिखित गीतका श्रव्यदृष्य सामाग्रीहरु सार्वजनिक गरे ।

प्रधानमन्त्रीले कार्यक्रममा भने,‘अहिले सरकारलाई गाली गर्दा ताली पाइन्छ, सरकारले गरेको राम्रो काम देख्दा गाली पाइने बेला पनि उहाँहरु सत्यको पक्षमा उभिनुभएको छ ।’

एकसाथ रिलिज गरिएका चारवटा गीतमा दुईटा सांसद चौधरीले र दुईटा न्यौपानेले लेखेकी हुन् । सांसद चौधरीले आफ्नो जीवनको पूवाद्र्धमा कमलरी बस्नुपर्दाको पीडा र जीवनको कष्टकर घडीमा निकटतम स्वजनले छाड्दाका दुःख गीत मार्फत् प्रस्तुत गरेकी छिन् । आफ्नै जीवनको अनुभूति लेखिएका भएपनि ‘कोही बाँच्छन् काँडाबीच’ र ‘निर्दयी रैछौ’ गीतले धेरैका साझा भावना समेटेका छन् । सांसद चौधरीद्वारा सिर्जित दुवै गीतमा सवैप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ । गीतका म्युजिक भिडियो समेत निर्माण गरिएका छन् ।

यस्तै न्यौपानेले देशलाई समृद्धिको दिशातर्फ लैजान मरिमेटेका प्रधानमन्त्री केपी ओलीको सपना र अडानमाथि ‘सलाम तिमीलाई’ गीत लेखेकी छिन् । अर्को देशभक्तिले ओतप्रोत गीत ‘देशका लागि’ छ ।

पानेको एउटा गीतमा शिशिर योगी र अर्कोमा बद्री पंगेनीको स्वर रहेको छ । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने कलाकार गजेन्द्र विष्ट र रेजिना उप्रेतिको अभिनय छ ।