‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’ निशा


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असोज

अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन् । यो प्रतियोगिता भेनेजुयलाको काराकास शहरमा आयोजना हुने छ ।
९देखि २६ अक्टोबरसम्म आयोजना हुने छ । प्रतियोगितामा निशा नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेकी हुन् ।

उनी नेपालको एक्लो प्रतिनिधि हुन् । सो प्रतियोगितामा नेपालको प्रतिधित्व गर्न लागेकी निशालाई एक संस्थाले ५०,००० सहयोग गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमका रेशम लामाले निशालाई रकम हस्तान्तरण गरे ।

नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन लागेको निशालाई हौसला प्रदान आफुले साना सहयोग गरेको लामाले बताए ।

८० देशका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगितामा निशाले भिजिट नेपाल २०२० को प्रचार गर्दै बिश्वका प्रतिनिधिलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछिन् ।

इप्लानेट प्रालीको संयोजनमा प्रतियोगितामा सहभागी हुन लागेकी निशाले नेपाली कलासंस्कृति झल्कने बिभिन्न भोषभुसा सहितको नृत्य प्रस्तुत गर्ने छिन् ।