च च हुईको अरबी आईटममा आर्यन र एलिसाको मस्ती


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ असोज

फिल्म च च हुईको तीन दिन अघि रिलिज गरेको गीत जवानी जवानीले बिस्तारै पिक अप लिईरहेको छ । यो गीतको भिडियोलाइ युट्युव च्यानलमा १ लाख ७० हजार पटक हेरिएको छ । गीत अरबी फ्लेबरको आईटम बनेको छ ।

चलचित्र ‘चच हुई’ आउँदो ६ मंसिरबाट मात्र प्रदर्शन हुने भएको छ । यसैक्रममा घटस्थापनाको अवसर पारेर चलचित्र ‘चच हुई’को नयाँ गीत ‘जवानी…’ आइतबार रिलिज गरिएको छ ।

यो आइटम गीत हो । गीतमा रोशन थापा र सुमन गुरुङको स्वर छ । गीतमा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको छ । यसमा रोशन थापाले संगीत गरेका छन् ।

यो गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्माको आकर्षक नृत्य छ । भिडियोमा अभिनेत्री एशिला शर्माको कामुकता निकै आकर्षक छ । उनको कामुकतामा अभिनेता आर्यन सिग्देल लठ्ठिएको देखिन्छ । सेट लगाएर छायांकन गरिएको यो गीतको भिडियोमा शिशिर खातीको कोरियोग्राफी छ ।

चलचित्र चच हुई रोमान्टिक कमेडी जनरामा तयार भएको हो । यसलाई अमृत घोले लामाले निर्माण गरेका हुन् । यसमा सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्यालले लेखन, राजनराज शिवाकोटी, सुरज शाही ठकुरी’ र रोशन थापाको संगीत छ ।

यो चलचित्रमा निर्देशनसँगै सम्पादन पनि साम्तेन भुटियाको हो । फिल्ममा आर्यन सिग्देलसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ ।