रोजमा दशैंका शुभकामना, सुहाना रोज दशैं क्वीन


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असोज

काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकास तालिम केन्द्रले हरेक पर्वहरुमा विशेष कार्यक्रम आयोजना गर्छ । यस्ता पर्वमा आफ्ना विधार्थीहरुबीच विविध सांस्कृतिक कार्यक्रमसँगै प्रतिभा प्रस्तुति कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

यसै क्रममा यसपालीको बडा दशैंको अबसर पारेर घटस्थापनाको दिन दशैं शुभकामना आदन प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।

सो कार्यक्रममा रोजका विधार्थीहरुले आफ्ना विविध प्रतिभा प्रस्तुत गर्दै रमाईलोसँग दशैं मनाए । सो क्रममा सबैले करिब दुई घन्टा नाचेर रमाईलो गरे । कार्यक्रमकी अतिथि एवम् फेशन डिजाईरन काजल शर्मालगायतले प्रस्तुत गरेको नृत्य पनि त्यत्तिकै आकर्षक थियो ।

पार्लरको प्रशिक्षण केन्द्रमा भएको सो प्रतिभा प्रदर्शनमा उत्कृष्ट प्रस्तुतिका आधारमा ब्युटिसियन सुहाना अर्याल ‘रोज ब्युटीपार्लर दशैं क्वीन–२०१९’ घोषित भईन् ।

यस्तै सो प्रतिभा प्रस्तुतिमा ब्युटिसियन मिसन श्रेष्ठ फस्ट रनरअप र ब्युटिसियन निर्मला सिंह सेकेन्ड रनरअपको घोषित भए । उनीहरुलाई रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एबम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले क्राउन लगाईदिँदै उपाधि सहित दशैंको पनि शुभकामना दिईन् ।

सो क्रममा बरिष्ट व्युटिसियन सोनी कारंजितले कार्यक्रममा सहभागी करिब ८० जना विधार्थीहरु र अन्य अतिथिहरुलाई रातो टिका जमारा लगाईदिँदै विविध उपहार सहित शुभाषिस दिईन् ।

आफुहरुले हरेक पर्वमा विशेष कार्यक्रमको आयोजना गरेर रोजका विधार्थीहरुको प्रतिभा प्रस्तुतिसँगै उनीहरुलाई क्वीन उपाधि सहित हौसला प्रदान गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष सोनी कारंजितले बताईन् । दशैंको शुभकामना आदन प्रदानपछि आपसमा खानपिन सहित रमाईलो गरिएको थियो ।