कसरी यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ ?


गसिप

ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असोज

माग्ने, मुन्द्रे भन्ट्याङ भुन्टुङ, दीपकराज चाहि बुँढो छ
यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ….

‘के यसपाली दीपाश्री ब्याउँछिन् त ? ब्याउनको लागि साँची उनको विवाह कहिले भयो ? कतै फिल्म भित्र उनी व्याउने दृष्य राखेका कारणले पनि गीतमा यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ भनेर हालेका हो की ?’

२४ असोजबाट रिलिज हुने चलचित्र ‘६ मायाँ छपक्कै’को प्रचारको लागि दुर्गेस थापाको स्वरमा उनकै तीज गीत बीच्च बीच्चमा प्यारोडी स्वरुप राखेपछि यो गीतमा रहेको शब्द अहिले चर्चा र विवादमा छ । यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ अहिले चर्चा र बिबादमा परेको हो ।

युट्युवमा यो गीतको भिडियोमा ‘यसपाली चाहिं दीपाश्री ब्याउने कुरो छ’ शब्दमाथि दर्शकको थरी थरी प्रतिक्रिया आएको छ । प्रतिक्रियामा अविवाहित दीपाश्री कसरी यो वर्ष व्याउने भईन भन्दै त्यसको दोषी र हकदार दीपकराजलाई समेत देखाईएको छ ।

…………………………………………………………………………………………………………………………………………………………………

bir gorkhali chanel
दिपा श्री निरैलाई कस्लाे भ्याउनी बनाएकाे हाे त साथीहरू पक्कै पनि दिपकराज गिरी फटाकाे काम हुनुपर्छ ।दिपक डाम्नाले बिगाराे दिपालाई
Jhuplal Rawat
घर मेरो चुहियछ,त्यसलाइ खर्ले छाउने हो , बिहे नगरी दिपा श्री कसरी ब्याउने भो ।
prakash tamang
दिपक गिरि सङ सङै छ दिपाको ! कात्तिक कि चैत्रमा ब्याउछ दिपाले ।
5th brotherdubai
दिपा नभई दिपक व्याउँदैनथ्यो त दिपकले दिपालाई के के गरेछ खै त्यहि भएर यसपालि त दिपाश्री व्याउँने कुरो छ।।

Raa Zoo

यसपालि त दीपाश्री ब्या (बिया/बिहे) हुने कुरा छ रे सोल्टाहरू ! के को ब्याउने हौ 😄 राम्रोगरि फेरि सुनि हेर 😊
Netra Bhandari
Magne, Mundre, Deepak Giri sabai sanga dating cha Yespali ta Deepa shree lai Kartik laye cha
ओखलढुंगा घर
दिपा दिदिलाइ बधाई छ ब्याउने हुनु भाको मा ।। भान्जा भान्जी जे भएनी न्वारान मा बोलाउनु है ।।
Shambhu Niraula
दिपा श्रि लाई कस्ले ब्याउने बनायाे भनेकाे त, माग्ने ले रछ छक्का पन्जा २ हेरेर थाहा पाए 😂😂😂
Pushpendra Pariyar
होइन दिपा दिदी को बच्चा जन्माउने योजनामा हुनुहुन्छ रे
Kapil Kunwar
कैनभएको जात्रा हुन्छ हाम्रो हाडी गाउइमा एस्ता यस्ता हिरो हुन्छ्न हाम्रो ठाउइमा 😁 #बुझ्न_नसकेको_कुरो_दिपा_लाई_ब्याउने_बनाउने_को_?_कतै_दिपक_त_हैन 😁😀
…………………………………………………………………………………………………………………………………………………………………………………………..
दुर्गेसले यो शब्द गाउँदा दीपाश्रीले रिसाएर आँखा तर्दैै दुर्गेसलाई हेरेको दृष्य फिल्ममा छ । दीपाश्रीको अहिलेसम्म विवाह भएको छैन । एक नारीको यो उमेरमा समेत विवाह नहुनु आफैंमा पीडाको कुरो हो । मनोवैज्ञानिक रुपमा उनी कती पीडामा छिन्, त्यो सायद उनलाई नै थाहा होला । तर विवाह नै नगरी उनलाई व्याउने बनाएर गीतकोसँगै मजाकसँगै नारीको सम्बेदनामा पनि खेलवाड भएको उनका केही शुभचिन्तकहरुको गुनासो छ ।
हुन त यो ब्याउने (बच्चा पाउने) नभएर ब्याउने (विहा हुने) भन्ने शब्द राखिएको हो र विहा हुने भन्ने शब्द ब्याउने सुनिएको भनेर फिल्मका निर्माता, अभिनेता एवम् गीत रचनाकार मध्यका दीपकराज गिरीले बताएका छन् ।
तर गीत सुन्दा ब्याउने नै बुभिन्छ । यसपाली त दीपाश्रीको ब्याउने कुरो छ भन्ने शब्द राखिएको भए त्यसले विहा हुने जनाउँथ्यो होला । यसपाली त दीपाश्री व्याउने कुरो छ भन्ने शब्दले बच्चा जन्माउने कुरो छ भन्ने स्पष्ट भएको धेरैको दाबी छ ।
अहिले गीत हिट छ । गीतले दीपाश्रीलाई बेहुली बनाउने सन्देश दीन खोजेको हो की बच्चा जन्माउन लागेको हो भन्ने सन्देश दीन खोजेको हो । त्यो प्रस्ट चैं पटक्कै छैन । न यो गीत गाईजात्रे हो । यो त प्रचारको लागि बनाईएको प्यारोडी गीत हो । यसको अर्थ दीपक, दीपा, दुर्गेसहरुलाई नै थाहा होला । किनकी ब्याउने कुरो छ भन्ने शब्दले विहा हुने कुरो छ भन्ने अर्थान कुनै पनि नेपाली शब्दकोषे दिएको हामीले भेटेनौं भन्नेहरु पनि त्यतिकै छन् । तर पनि गीत राम्रो बनेको छ । यसले फिल्मलाई हिट बनाउन सघाउनेमा पक्का छ । गीत बनाउनुको कार्य सार्थक देखिँदैछ ।