वल्र्ड नेपाली म्युजीक अवार्डको उत्कृष्ट १० सार्वजनिक

ब्युटी न्युज नेपाल
काठमाडौं १२ असोज

अमेरिकाको न्यूओर्कमा आउँदो नोभेम्बर २३ मा आयोजना हुन लागेको ‘वल्र्ड नेपाली म्युजीक अवार्ड २०१९’को उत्कृष्ट दश सार्वजनिक गरिएको छ । जम्मा १८ बिधा रहेको यस अवार्डको आइतबार राजधानीमा एक समारोहबीच नोमिनेशनमा परेका सम्पूर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

यो अवार्डको पहिलो पहिलो संस्करण हो । कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध गायक प्रेम ध्वज प्रधानले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएको ठूलो योगदान पुर्याएको  भन्दै आयोजक टिमलाई धन्यवाद दिए । साथै उत्कृष्ट दशमा पर्न सफल कलाकारहरुलाई बधाई तथा शुभकामना दिए ।

जसमा उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिलातर्फ, भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला तर्फ, उत्कृष्ट आधुनिक गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीतः पुरुष र महिला, उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिँदै छ ।

यस्तै उत्कृष्ट संगीतकार, उत्कृष्ट म्यूजीक भिडियो निर्देशक, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट लोपन्मुख गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय संकलक, उत्कृष्ट म्युजीक भिडियो मोडलः पुरुष र महिलातर्फका अवार्ड प्रदान गरिँदै छ ।

उत्कृष्ट दशमा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागी छनोट हुनेछन् । जसका लागी निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारहरुलाई निर्णायकको तर्फबाट ४० प्रतिशत, प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् ।

उत्कृष्ट तीनमा पर्न सफल कलाकारहरुमात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन युएसको भिषा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले बताए । फेदर क्रिएशन प्रा.ली.को सहकार्यमा सम्पन्न हुने यो अवार्डका लागी गएको २१ ज्ुन २१ देखि ३० अगष्ट सम्म संसार भरीबाट ७ सय ८२ फर्म दर्ता हुन आएका थिए । तीनफर्मको आधारमा पाँच निर्णायक समितिले उत्कृष्ट दश छनोट गरेको हो ।

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More