ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

आगामी २२ कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सरौतो’ को दोस्रो गीत ‘केही आधा…’को भिडियो काठमाडौंमा एक कार्यक्रमबीच रिलिज गरिएको छ ।

अघिल्लो गीत कुले दाइ…गीतले चर्चा पाएको थियो । त्यसपछि पछि दोस्रो गीत रिलिज गरिएको हो ।

‘केही आधा…’को भिडियोमा अभिनेता सन्नी सिंह र अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् ।

यो चलचित्रमा सुमी र सन्नीसँगै लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवांगम शाह, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय छ ।

गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

यो चलचित्रको निर्देशन हरि हुमागाईंले गरेको हुन् । यही फिल्मबाट उनी निर्देशनमा डेब्यु गर्दै छन् । यो गीतको भिडियोमा कोरियोग्राफी र छायांकन पनि निर्देशक हरि हुमागाईंकै हो । गीतलाई उनले फिल्मकै कथाअनुसार तयार गरिएको हरिले बताए ।

यो चलचित्र र गीतलाई बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा, जनकपुरमा छायांकन गरिएको हुमागार्इंले बताए । नेपाल भ्रमण वर्षको अबधारणामा गीत बनाईएको निर्देशकको कथन छ ।

यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । फिल्ममा राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।