६४ डिजाईनरलाई उछिन्दै महेश्वरीनाथ उत्कृष्ट फेशन डिजाईनर


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असोज

६४ जना प्रशिक्षार्थी डिजाईनरहरु आफैंले तयार गरेको फेशनमा सजिएर मोडलको रुपमा शनिबार बेलुका फेसन डिजाईन प्रतियोगितामा उत्रिए । काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’ ( आईआईएफटी) का फेसन डिजाईनरहरु प्रतियोगितामा उत्रिएका हुन् ।

(आईआईएफटी)ले आयोजना गरेको दोश्रो संस्करणको ‘इन्टरनेशल ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगितामा उनीहरु र्याम्पमा उत्रिएका हुन् । सो प्रतियोगितामा आफ्नो डिजाईनबाट महेश्वरीनाथ योगी प्रथम भईन । १२ फिट भन्दा लामो फ्लावर प्रिन्ट ह्वाईट गाउनको डिजाईनबाट उनी उत्कृष्ट भएकी हुन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् ।

यस्तै श्रेया पुन मगर फस्ट रनरअप डिजाईनर भईन् । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन । डार्क एन्ड लाईट थिमको कालो डिजाईनको गाउनबाट उनी फस्ट रनरअप भएकी हुन् । यस्तै इन्दे्रणीको अबधारणमा तयार गरिएको सप्तरँगी गाउनबाट उर्मिला तामाङ सेकेन्ड रनरअप भईन । उनले ८ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

सो प्रतियोगिताको निर्णायकमा अभिनेता प्रशान्त ताम्राकार, गायिक मिलन नेवार, गायिका÷नायिका बिष्णु चेम्जोङ, बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, फेशन डिजाईनरहरु निभा श्रेष्ठ, महेश महर्जन र इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमी निर्देशक राजु सुवाल थिए ।

डिजाईन प्रस्तुतिका क्रममा आफुले तयार गरेको डिजाईनमा सजिएर डिजाईनहरु मञ्चमा उत्रिँदा कार्यक्रमको रौनकता बढेको थियो । जम्मा ६ महिनाको प्रशिक्षणमा उनीहरुले निकै आकर्षक डिजाईन तयार पारेर र्याम्पमा प्रस्तुत गरेका थिए । डिजाईनरसँगै उनीहरु मोडल भन्दा काम देखिएनन् ।

यो फेशन शोको कोरियोग्राफी बिपना थापाले गरेकी हुन् । कार्यक्रममा फेशन शोसँगै विभिन्न गीतसंगीत एवम् नृत्य प्रस्तुत गरिएको थियो ।आयोजक संस्थाका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिँदै आएको हो ।