दुर्गेसको बीच बीचमा आयो ६ मायाँ छपक्कै


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असोज

चलचित्र ‘६ माया छपक्कै’ ले शुक्रबार ‘प्रोमोस्नल’ प्यारोडी गीत ‘बीच बीचमा…’ रिलिज गरेको छ । यो गायक दुर्गेश थापाको गत तीजको हिट गीत हो । दुर्गेसको स्वरमा रहेको यो तीज गीतलाई अहिले ६ मायाँ छपक्कैको दशैं गीत बनाइएको छ । यसमा पनि दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । युट्युवमा रिलिज भएको २४ घन्टामै यो प्यारोडी गीतले ७ लाख भ्युज पाईसकेको छ ।

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् । यो प्रोमोस्नल प्यारोडी गीतमा गायक दुर्गेससहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौलाले मोडलिङ गरेका छन् । दीपाश्री ड्रमर र अरु कलाकार गीटारिस्टसँगै भोकलिस्टको रुपमा प्रस्तुत भएका छन् ।

कलाकारहरु यो गीतको भिडियोमा रफटप तथा रक शैलीमा उत्रिएका छन् । भक्तपुरको राधेराधे चोकमा रहेको पद्मा हाउजिङको अग्लो भवनमा यो गीतको भिडियो खिचिएको हो । गीतको भिडियोमार्फत दशैंमा टीका लगाएर सबैलाई यो फिल्म हेर्न आउन आह्वान गरिएको छ ।

यो चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट। अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा, दीपक क्षत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् ।

रोहित अधिकारी निर्मित यो फिल्ममा निर्देशक लामाको कथा, दीपकराज गिरीको पटकथा, दीपकराजसँगै केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको सम्बाद छ । जसमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाइँको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ ।