भिडियोमा गायिका सञ्चारकर्मी सरिताको नयाँ गीत मेरो जवानी…

ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असोज

ब्युटी न्युज नेपालकी सञ्चारर्मी तथा मोडल, गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरो जवानी…’को भिडियो रिलिज गरेकी छन् ।
लोक पप शैलीको यो गीत ‘डान्सिङ आईटम नम्बर’ बनेको छ । युवतीहरुलाई पैसा किन्न पाइँदैन, उनीहरुलाई मायाँ गरेर आफ्नो बनाउनु पर्छ भन्ने सन्देश यो गीतले दिन खोजेका गायिका सरिताले बताईन् ।

आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डिङ गीत हो । उनी केही समय यताबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा गायन सिकिरहेकी छिन् ।

बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माईकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । फ्रि स्टाईलको डान्स प्रस्तुत गरिएको उनको कोरियोग्राफी प्रसँसनीय छ । रामशरण उप्रेतीको छायाँकन र प्रदीप कँडेलको सम्पादनमा यो भिडियो तयार भएको हो । जसमा गायिका भारती र बिना राना मगरको सृँगार रहेको छ ।

अहिले चर्चामा रहेकी बेली डान्सकी कलाकार बिनु शाक्यको यो गीतमा बेजोड नृत्य छ । बिनुसँगै मोडल अनिषा न्यौपाने र एलिना ठकुरीको नृत्य पनि त्यत्तिकै बेजोड छ । भिडियोमा अभिनेता मोडल रमेश चन्द सोडारीले पुरुष मोडलको भूमिका निभाएका छन् । भिडियोमा गायिका सरिता आफैं पनि मोडलको रुपमा छिन् ।

गीतमा डब्बु क्षत्रीको शब्द र जुगल डंगोलको सँगीत रहेको छ । गीतको संगीत संयोजन र रेकर्डिङ पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज पुतलीसडकमा रेकर्ड गरिएको यो गीत र भिडियोलाई विलक्षण क्रियसनले निर्माण तथा उत्पादन गरेको हो । गत २९ चैतमा रिलिज भएको यो गीतको भिडियो भने दुई दिन अघि मात्र रिलिज भएको हो । ब्युटी न्युज नेपालबाट रिलिज भएको भिडियोलाई दर्शकले मन पराएका छन् ।