मोडलिङमा छाउँदै उपासना


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असोज

मोडलिङ क्षेत्रमा उपासना तिमिल्सिना उदाउँदो नाम हो । उनी अहिले क्याम्पन कलेजमा बी बी ए मा अध्यनरत छिन् ।

काठमाडौंको कलंकी निबासी १९ बर्षीय उपासना अध्यन संगसगै मोडेलिङमा रमाइरहेकी छिन् । मोडलिङमा आफुलाई सानै देखि रुची भएको उनले बताईन् । सोही कारण प्लस टुमा अध्यनको क्रममा परिवर्तन इभेन्ट नेपालले आयोजना गरेको ‘मिस एण्ड मिस्टर प्लस टु स्टार’मा सहभागी भएको उपासनाले बताईन् ।

सो प्रतियोगितामा बेस्ट ड्रेस र मोस्ट पपुलर सहित दुईवटा उपाधि जित्न सफल भए पछि उनमा अझ आत्मविश्वास बढेको महसुस भयो । उनी बिस्तारै र्याम्प शो हरुमा सहभागी हुन थालिन् ।

५ फिट ७ इन्च उचाई भएकोले उपासनालाई धेरै र्याम्प शोहरुको अफर आउन थाल्यो । उनले र्याम्प मोडेलिंग एजेन्सीबाट धेरै र्याम्प शो, फेशन शुटहरु गरिसकेकी छन् ।

सुरज सुब्बाको निर्देशनमा बनेको चलचित्र हृदय भरिमा उनले अन्य प्रोफेशनल मोडेलहरु सँग रनवे मोडेलको रुपमा काम गरिसकेकी छन् । यतिको ठुलो स्टेज ..लाइट एक्सन स्टेजमा प्रस्तुत गर्न पाउँदा आफुलाई नै एउटा चर्चित सेलेब्रेटी भएको महसुस गारिन । उनमा अझ यस क्षेत्र प्रतिको मोह बढ्यो । चुजी भएकी उपासना लाई अहिले धेरै रेम्प शोहरुको अफर आए पनि छनौट गरेर मात्र गर्ने गर्छिन् ।

किनकी उनी थोरै एव स्तरीय काम गर्न चाहन्छिन् । मोडेलिङ बाहेक नया ठाउँहरु घुम्न र पकृतिबारे नयाँ कुराहरु थाहा पाउन् रुची राख्ने उनको भविष्यमा गएर एउटा सफल र्याम्प मोडेल बन्ने लक्ष्य रहेको छ ।

प्रस्तुती : जयन सुब्बा मानन्धर
तस्बिर : निर्मल मुल्मी श्रेष्ठ