पायलको फस्ट लुक्स्


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असोज

चलचित्र ‘पायल’को फस्ट लुक्स पोष्टर सार्वजनिक भएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रालिले निर्माण गरेको फिल्ममा सामाजिक कुरितीका विरुद्ध सामाजिक तथा पारिवारिक कथासँगै नारी संवेदनशिलता समेटिएको छ । यो चलचित्रमा दिनेश लिङ्देनको कथा र निर्देशन छ ।

फिल्ममा रिया श्रेष्ठ, ध्रुव नेउपाने, भिम थेबे, राजकुमार लिङ्देन, उदय सुब्बा, यासेली योङहाङ, बबिता नेयोङहाङ, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, सागर केरुङ, रामकृष्ण नेउपाने, अर्मान खान, देव नेपाल, कुइसाङ रुम्बा, विश्व मुखिया, प्रेम आले, मेख मगर, अजय खडका आदि कलाकारको अभिनय रहेको छ ।

भीम थेबेको प्रस्तुती र आर पि दाहाल सह–निर्माता रहेको यो फिल्म डिसेम्बरको अन्तिम साता रिलिज हुने निर्देशन लिङ्देनले बताए । फिल्मकी निर्मात्री निर्मात्री कविता राई लिङ्देन हुन् ।

फिल्ममा टिका भण्डारी र विकास चौधरीको संगीत, कुमार महर्जनको द्वन्द्व, ज्ञानु राईको छायांकन, दिनेश माङमुको नृत्य र वीरेन्द्र श्रेष्ठ, विन्दु परियार, नुमा इङनाम, डा.सुजित यादवको स्वर छ ।