ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

चलचित्र काले दाई दशैंको अबसरमा रिलिज हुने भएको छ । यही १७ असोजबाट यो चलचित्र रिलिज गरिने तयारी भईरहेको यसको निर्माण पक्षले जनाएको छ । यसै क्रममा फिल्मको प्रचार पनि सुरु गरिएको छ ।

काठमाडौंमा एक समारोहबीच यो चलचित्रको गीत यो दुनियाँ मेरो लागि हैन रैछ…को भिडियो रिलिज गरिएको छ । फिल्मको यो गीतले अन्तरजातीय प्रेमले निम्त्याएको जातीय विभेदको कथा बोकेको छ । फिल्म पनि जातीय विभेदमा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ ।

यो गीतमा शिशिर भण्डारी, इन्द्र रामजाली, अनु पराजुलीले अभिनय गरेका छन् । सुरज थापाले गाएको यो गीतमा पवनवाङ लामाको सँगीत र गोविन्द श्रेष्ठ तथा इन्द्र रामजालीको शब्द छ । गीत निकै गम्भिर बनेको छ ।

यो चलचित्रमा दीपक शर्मा र रेखा पौडेलको पनि संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी, कुमार महर्जनको द्धन्द्ध निर्देशन,इन्द्र रामजाली र शमशेर गुरुङको निर्माण रहेको यो चलचित्रलाई शिब शर्माले निर्देशन गरेका हुन् ।