मिनाको गाह्रो छ मा एलिनाको आईटम 


ब्युटी न्युज नेपाल

काठमाडौं, ६ असोज

पछिल्ला समयकी चर्चित गायिका मिना निरौलाको स्वरमा नयाँ गीत गाह्रो छ …को भिडियो रिलिज भएको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको यो गीत नृत्य प्रधान बनेको छ ।

यो गीतको भिडियोमा अभिनेत्री तथा मोडल एलिना बास्कोटा र कोरसको नृत्य छ । भिडियोमा एलिना बार डान्सरको रुपमा प्रस्तुत भएकी छिन् । उनले डान्स बारमा आउनेहरुलाई आफ्नो नृत्यबाट प्रभाव पर्ने कोशिस भिडियोमा गरेकी छिन् ।  एलिनासँगै भिडियोमा पञ्जाबी मोडल ह्यारी चहल, नेपाली मोडल लोमस र सनतोषको पनि अभिनय रहेको छ ।

 गाह्रो छ… बोलको यो गीतमा मोडल एलिनाले बाहुबली नामको कुकरलाई पनि केही सर्टृमा प्रस्तुत गरेकी छिन् । एलिनाको कुकुर व्यबसाय पनि भएकाले उनले यो भिडियोमा कुकुरलाई पनि अटाएकी हुन् ।

यो भिडियोको निर्देशन प्रज्वलराज घिमिरेले गरेका हुन् । बार डान्सको रुपमा निर्माण गरिएको यो गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास यी मोडलको छ । गीतको अडियो तथा भिडियोलाई एभरेष्ट ग्यालरीले युट्युवबाट रिलिज गरेको हो ।