टोरन्टोमा सिने स्टार अवार्डको घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

पछिल्लो समय नेपाली चलचित्र तथा गीत संगीतको अवार्ड बिदेशमा गर्ने लहर नै चलेको छ । यसै क्रममा क्यानडाको टोरन्टोमा ‘सिने स्टार अवार्ड २०२०’ आयोजना गर्ने घोषणा राजधानीमा एक कार्यक्रमका बीच गरिएको छ । आगामी जनवरीको अन्तिम साता हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालले यो अवार्ड गर्ने जनाएको छ ।

हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा अवार्ड गर्न लागेको बताए । दैनिक १ लाख बढी पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता आयोजक बुढाथोकीले गरे ।

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बरिष्ठ अभिनेता कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठलगायतले अवार्डको सफलताको कामना व्यक्त गरे ।

सिने स्टार अवार्ड २०२० मा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ । जनवरी ३१ तारिखमा हुने अवार्ड आयोजना पुर्व २०७५ सालभर प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट तीनको मनोनयन सार्वजनिक हुनेछ ।

उत्कृष्ट तीन प्रतिस्पर्धिलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको पनि बुढाथोकीले बताए । मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी सम्मिलित निर्णायक टिमको मुल्याङ्कनको आधारमा सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन हुनेछन् ।

प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् ।