गाडी पल्टियो, केकी अधिकार र टिम सकुसल


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असोज

आफुहरु चढेको जीप रौतहटको कटरिया सडकमा पल्टेर ६ फिट तल खोल्सामा खस्दा पनि आफुहरु सकुसल भएको निर्देशक पूर्णेन्दु झा, अभिनेत्री केकी अधिकारीले बताएका छन् । उनीहरु त्यहाँ म्युजिक भिडियोको छायाँकनमा गएका थिए ।

आईतबार बिहान पख २ बजे रौटहटमा रातीको छायाँकन सकेर होटल जाने क्रममा आफुहरु चढेको टाटा सुमो पल्टेर रोडबाट खेतको खोल्सीमा घोप्टिएको निर्देशक झाले बताए । आफुहरुलाई सामान्य चोट लागेको पनि उनले बताए ।

गाडीमा रहेका पुरै युनिटले आईतबार आराम गरेर आज सोमबारबाट बाँकी छायाँकन सुरु गरेको निर्देशक झाको भनाई छ । बाँकी दुई दिनको छायाँकन सकेर उनीहरु मँगलबाट काठमाडौं फर्कने छन् ।

नेपका साँसद प्रभु शाहको बहुरिया…बोलको महिला अधिकार तथा जनचेतना सम्बन्धि गीतको छायाँकनको लागि ९ जनाको टिम काठमाडौंबाट त्यहाँ पुगेको छ । जसमा अभिनेत्री केकी अधिकारी, अभिनेता बिजय यादबलगायतका कलाकारहरु रहेका छन् ।