भाविषा र रंगीना मिसेस नेपाल इन्टरनेशनल


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

शनिवार अबेर राती काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१९ को फाईनलमा महेन्द्रनगर, कञ्चनपुरकी भाविषा कोइराला चटौत पाँचौ मिसेस नेपाल इन्टरनेशनल घोषित भईन् । उनले स्कुटर उपहार पाईन् । प्रतियोगितामा महोत्तरीकी चिकित्सक रंगीना नेपाल इन्टरनेसनल २०१९ घोषित भईन् । भाविषा र रंगीना सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको तर्फबाट सहभागी हुने आयोजक पक्षले जनाएको छ ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्ट प्रालिले सोही समारोहमा अभिनेत्री करिश्मा मानन्धरालाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल सम्मान प्रदान गर्यो । मानन्धरलाई पूर्व प्रधानसेनापती रुक्मागंत कटुवाल, अभिनेता राजेश हमालले क्राउन र स्यास पहिराई दिए ।

यो प्रतियोगिता पांचौ वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतिलाई रिवन अनर अवार्ड प्रदान गरियो ।

विभिन्न पेशामा आवद्ध ३० बिबाहित महिला सहभागी सो प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनर अप, स्नेहा राउत थापा सेकेन्ड रनरअप, शबनम खरेल थर्ड रनरअपर, शिल्पी गुप्ता फोर्थ रनरअप घोषित भए ।

यस्तै सृजना पाण्डे ट्यालेन्टेड, बिना जोशी चन्द ब्यूटीफूल, प्रतिमा मल्ल बेस्ट डान्सर, नम्रता शर्मा ऐक्टिव, सबीना चालीसे कंजीनीयलिटी, नीरा तामाङ सोशल्ली, सुशीला भट्ट फोटोजेनिक र बिमला केसी लेडी विथ पर्पस घोषित भए । त्यस कुश्मा देवी खाँड़ मल्ल पपुलर, आश्मा तामाङ पब्लिक च्वाईस, सुशीला श्रेष्ठ क्रीयटिभ, सरस्वती बुढ़ाथोकी बेष्ट स्किन, रूपा शाह बेस्ट हेयर, इन्दिरा राना ब्युटिफुल स्माइल, सन्ध्या घिमीरे मल्टीमिडिया च्वाईस, एलिजा महत बेस्ट भ्यूज, प्रतिमा ज्ञवाली म्यानेजमेन्ट च्वाईस घोषित भए ।

पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल प्रमूख निर्णायक रहेको सो कार्यक्रममा गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सबिता लामिछान, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णायक थिए । अश्विनी झाको कोरियोग्राफी र निशुकान्त झाको निर्देशनमा यो प्रतियोगितासम्पन्न भएको थियो ।