विवाह पछि वर्षा राउत झन ग्लामर


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

विवाह पछि अभिनेत्रीहरु चलचित्रबाट बिस्तारै हराउँछन् । तर अभिनेत्री वर्षा राउत र अभिनेत्री स्वस्तिमा खड्का विवाहपछि चलचित्रमा झनै व्यस्त हुन थालेका छन् । अभिनेत्री वर्षा राउत त विवाहपछि विभिन्न सार्वजनिक समारोह तथा चलचित्रको सेलिब्रेसनहरुमा झन ग्लामर बनेर प्रस्तुत हुन थालेकी छिन् ।

यसै क्रममा बिहिबार बेलुका काठमाडौंको जयनेपाल सिनेमा हलमा आयोजित चलचित्र कबड्डी कबड्डी कबड्डीको प्रिमियर शोमा पनि उनी ब्लाक गाउनमा सजिएर आएकी थिईन् । ब्लाक नाईट गाउनमा उनलाई निकै व्युटीसँगै बोल्ड पनि देखिएको थियो ।

आफ्ना पति सँजोग कोइरालासँगै सो चलचित्र हेर्न पुगेकी अभिनेत्री वर्षा राउत तस्बिरमा यस्तो देखिईन् ।

 

 

तस्बिर : प्रदीप कंडेल (ब्युटी न्युज नेपाल डट कम)