कबड्डी कबड्डी कबड्डीको प्रिमियरमा मिश्रित प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असोज

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र कबड्डी कबड्डी कबड्डीको बिहिबार बेलुका काठमाडौंको जय नेपाल सिनेमा हलमा प्रिमियर गरियो । प्रिमियर शोमा यो चलचित्रका टिम, सञ्चारकर्मी देखि सिनेकर्मीसम्म उपस्थित थिए ।

प्रिमियर शोमा सहभागी दर्शकहरुले चलचित्रमा कलाकारको कामको मुक्त कँठले प्रसँसा गरे । तर धेरैले चलचित्रको कथा पटकथा निकै फित्तलो भएको टिप्पणी गरे । पहिलो र दोश्रो भन्दा तश्रो सृँखला कबड्डी कबड्डी कबड्डीको कथा पटकथा कमजोर रहेको उनीहरुको टिप्पणी थियो ।

हुन पनि फिल्मको कथा यसपटक फित्तलो देखिएको छ । पहिलो र दोश्रो सृँखलामा एउटी केटीको पछि २ जना केटा लागेका थिए भने यो तेश्रो सृँखलामा एक युवतीको पछि तीन ओटा केटा लागेको छन् । फिल्मको नयाँ पक्ष आफुहरुले यही पाएको र बाँकी कथा पहिलो सृँखलाकै जस्तौ भएको टिप्पणी प्रिमियर शोमा सुन्न पाईयो ।

चलचित्रले मल्टिप्लेक्समा राम्रो बुकिङ पाएको छ । तर चलचित्रले दर्शकको मन कत्तिको जित्ने हो त्यो हेर्न बाँकी छ । यधपि मध्यान्तर अघि सिनेमाले दर्शकलाई निरन्तर हँसाएकोमा यसको हास्य पाटोको धेरैले प्रसँसा गरेका छन् ।

चलचित्रले दर्शकको प्रतिक्रिया शुक्रबारबाट मात्र पाउने छ । यसपटक रामबाबुले फिल्मको ब्रान्ड बेच्न खेजेको आरोप लागेको बेला दर्शकको अग्रिम बुकिङ सिनेमा हलमा आक्रमक छ । अब रिलिज पछिको प्रतिक्रिया र सोमबारबाट यसको बुकिङको प्रतिक्षा छ । किनकी आईतबारसम्म यसपटक सार्वजनिक बिदा परेको छ ।

रामबाबु गुर