शिव परियारको भेट हुदाँ…मा सरोज र आश्मा


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असोज

गायक शिव परियारले आफ्नो स्वर रहेको नयाँ गीत सार्वजनिक गरेका छन् । बिहिबार युट्युबमार्फत् ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । रमणिय स्थाल साँघामा खिचिएको भिडियो फिल्मी स्टाइलमा तयार गरिएको छ ।

सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।

शान थापाको निर्देशनमा बनेको यस भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।