सन्तोष र सृजनको मलाई पनि रहर…


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

गायक सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको नयाँ गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ को भिडियो रिलिज भएको छ । भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ ।

‘हामीले स्रोता÷दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता÷दर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र श्रृजनले भने ।

मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘मेरो दिल दुखायौ के पायौ…’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । सिमान्त आफ्ना अन्य गीत जस्तै ‘मलाई पनि रहर छ…’ले पनि स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् । ‘श्रृजन र मैले एउटा राम्रो गीत पस्किने कोशिष गरेका छौ सुनेर, हरेर प्रतिक्रिया दिनुहोला’, उनले भने ।