ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ भदौ

अभिनेता निश्चल बस्नेतको नायिकाको रुपमा टिक टककी कलाकार एवम् मोडल समीक्षा पोखरेल अनुबन्धित भएकी छिन् । नयाँ चलचित्र पारसमा यी दुई नायक नायिकाको रुपमा जोडिएका हुन् ।

निश्चलकी पत्नी एवम् अभिनेत्री स्वस्तिमा खड्का यो फिल्ममा किन अटाईनन् । उनी नयाँ चलचित्र चपली हाईट ३ मा व्यस्त भएपछि पासरमा नयाँ नायिकासँग निश्चलले जोडी बाँध्दै छन् ।

निर्देशनबाट सिने यात्रा सुरु गरेका निश्चल बस्नेत पछिल्लो समय चलचित्र अभिनयमा व्यस्त छन् । चलचित्र लुटका निर्माता माधव वाग्लेले निर्माण निर्देशन गर्ने चलचित्र पारसमा निश्चल शिर्ष भूमिकामा चयन भएका हुन् । कात्तिकबाट छायाँ सुरु हुने यो फिल्ममा एउटा अभागी र असफल चरित्र पारसको कथा प्रस्तुत गरिने छ ।

पूर्व युवराज पासर शाहलाई पनि अहिले अनलक्की पात्रको रुपमा हेर्ने गरिए पनि आफ्नो फिल्म पूर्व युवराज पारससँग सम्बन्धित नभएको निर्माता माधव वाग्लेले प्रस्ट पारिसकेका छन् । यो फिल्ममा पारसको रुपमा निश्चल बस्नेत हुनेछन् । फिल्म आगामी २८ चैतमा प्रेम गीत ३ सँगै रिलिज गरिने घोषणा यी निर्माताले गरेका छन् । यो फिल्म अब प्रेम गीत ३ सँग जुधाईने भएको छ ।

निश्चल र समीक्षा पोखरेलसँगै संदीप क्षत्री पनि यसमा चयन भएको पनि निर्माता वाग्लेले प्रस्ट पारेका छन् । हास्यव्यँग्य अभिनेता संदीप मार्फत निर्माता माधवले मोडल समीक्षालाई चिनेका हुन् । संदीप र समीक्षाले एक महिना अघि गायक सन्तोष अधिकारीको गीत चौतारीको बर…को भिडियोमासँगै मोडलिङ गरेका थिए ।

सोही क्रममा संदीपलाई समीक्षाको काम मन परेको हो । सन्दीप मार्फत चीनजान भएकी समीक्षाको भिडियो र केही टिक टक भिडियो हेरेपछि निर्माता माधव वाग्लेले अभिनेता निश्चलसँग सल्लाह गरेर यी युवतीलाई नायिका बनाउने निधोमा पुगेका हुन् ।

निम्स कलेज पाटनमा व्याचर पढ्दै गरेकी समीक्षा पछिल्लो समय म्युजिक भिडियोमार्फत अभियन करिअर अघि बढाउने क्रममा छिन् । उनले चलचित्र प्रेम गीत ३ मा पनि काम गर्ने चर्चा चलेको थियो । तर त्यो फिल्ममा कृष्टिना गुरुङ चयन भईन् ।

टिक टक र म्युजिक भिडियोमा रुचाईएकी समीक्षा यतीबेला अभिनेता निश्चलको नायिकामा छानिएकी हुन् । उनसँग बुधबार कागजी सम्झौता गरेर केही दिनमा यो फिल्म घोषणा गर्ने निर्माता माधव वाग्लेले ब्युटी न्युज नेपाललाई बताएका छन् ।