रेश्मा र अनिलको ‘सोल्टिनी मैच्याङ’


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ भदौ

गायक अनिल लामा र गायिका रेश्मा बोम्जनले आफ्नो स्वरमा नयाँगीति संग्रह ‘सोल्टिनी मैच्याङ’ बजारमा ल्याएका छन् । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले काठमाडौंमा आयोजित एक समारोहमा यो गीतिसँग्रह विमोचन गरेका छन् ।

एल्बममा तामाङ सेलो शैलीको गीत समावेश गरिएको छ । एल्बममा तामाङ सेलो शैलीका चार वटा गीतहरु समावेश छन् । समारोहमा एल्बममा समावेश ‘सोल्टिनी मैच्याङ…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरियो ।

शीर्ष गीत ‘सोल्टिनी मैच्याङ’ मा रेश्मा र अनिलको स्वर सुन्न सकिन्छ । यो गीतमा गायक अनिल लामाकै संगीत निर्देशन छ भने शब्दहरु साङ्गे ब्लोन तामाङले रचना गरेका हुन् । एल्बममा समावेश ‘गोरी गोरी मैच्याङ्…’ मा गायिका रेश्मा बोम्जन तथा रमित लामाको स्वर छ भने केशव विश्वकर्माको शब्द तथा पुष्कर सुनुवारको संगीत निर्देशन छ ।

एल्बमको तेस्रो गीत ‘होइ च्याङ्बा…’ पनि गायिका रेश्माकै स्वर सुन्न सकिन्छ भने देव पुनको शब्द तथा संगीत निर्देशन छ । एल्बमको ‘पोङ्दीको मेला…’ मा भने गायक अनिल लामाको स्वर छ भने गीतमा शब्द तथा संगीत पनि लामाले नै तयार पारेका हुन् ।

गायिका रेश्मा तथा गायक अनिलले गीतमार्फत दर्शकको मन छुने प्रयास गरेका छन् । यो गीतमा पवन वाङ लामाको संगीत संयोजन रहेको छ भने मित्र लामाले गीतलाई मिक्सिङ गरेका हुन् ।

कार्यक्रममा रिलिज गरिएको भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा जयनन्द लामा, नविन राई, कुमार लामा, रश्मी तामाङ, निराञ्जली लामा, रेशम फिरीरी तथा मरिष्का पोखरेलले अभिनय गरेका छन् । भिडियोमा मित्र लामाको कोरियोग्रँफी छ ।