चलचित्र घामड शेरेको फस्ट लुक्स्


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ भदौ

चलचित्र ‘घामड शेरे’ निर्माणको अन्तिम चरणमा पुगेको छ । गाउँका एकजना निकै घामड मानिएका किसानको जीवनको उतार चढाबको कथा बोकेको यो फिल्ममा शेरेको रुपमा निश्चल बस्नेत छन् । जसमा निश्चल र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छन् ।

चलचित्र घामड शेरे आगामी तिहारको अबसर पारेर ८ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

यो चलचित्रको रिलिज मिति घोषणासँगै सोमबार दुई ओटा पोष्टर पनि फस्ट लुक्सको रुपमा रिलिज गरिएको छ । दुई ओटा पोष्टरमा किसानको रुपमा अभिनेता निश्चललाई प्रस्तुत गरिएको छ । यो चलचित्रको फस्ट लुक्स रिलिजसँगै आफुहरुले प्रचार प्रसार सुरु गरेको यसका निर्देशक बिसीले जानकारी गराएका छन् ।