गायिका सरिताको मनसुन फेशन परेडमा विशेष क्याटवाक


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

इभेन्ट बेटर ग्यालेक्सीले शनिबार दिउँसो ललितपुरको डल्लु स्थित न्यु दक्षिणकाली रिसोर्टमा आयोजना गरेको तेश्रो सृँखलाको मनसुन फेशन परेड २०१९ मा गायिका सरिता भारती विशेष रुपमा प्रस्तुत भईन् ।

यो फेशन शोमा गायिका सरिता अतिथि मोडलको रुपमा र्याम्पमा उत्रिएकी हुन् । यो फेशन परेडका रमाईलो भनेकै पानीमा भिज्दै मोडलहरु र्याम्पमा उत्रनु हो । विशेष अतिथि मोडलको रुपमा सरिताले प्लास्टिकको पहिरन लगाएर र्याम्पका क्याटवाक गर्दा दर्शकले तालीले साथ दिएका थिए ।

नेपाल फेशन इन्टिच्युटका १५ जना भन्दा बढी विधार्थीहरु तयार गरेका प्यास्टिकका विभिन्न फेशनमा सजिएर मोडलहरु र्याम्पमा उत्रिएका थिए । ४ वर्षदेखि १२ वर्षसम्मका ३५ जना बालमोडलहरु दुई सिक्वेन्समा र्याम्पमा उत्रिए । त्यसपछि २० जना व्यबसायिक मोडल युवा युवतीले तीन सिक्वेन्समा प्लास्टिकका विभिन्न फेशनहरु र्याम्पमा प्रस्तुत गरे । ती मोडलहरुमा विशेष मोडलको रुपमा गायिका सरिता प्रस्तुत भएकी हुन् ।

यो आफ्नो नवौं फेशन शो भएको र यसपटक समाचार सँकलनसँगै मोडलको जिम्मेवारी पनि निर्वाह गरेको सरिताले बताईन्,विगतमा विभिन्न कार्यक्रममा गीत प्रस्तुत गर्ने जिम्मेवारी पाए पनि यसपटक गायन भन्दा मोडल बनेर क्याटवाट गर्न पाएको केही फरक अनुभव भएको छ ।  नेपाल फेशन इन्टिच्युटका डिजाईनर र आयोजक धिरजलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।’ सरिताले भनिन् ।

मनसुन फेशन शो भएकाले यो फेशन शोमा पानीमा भिज्दै मोडलहरु र्याम्पमा प्रस्तुत भएका छन् । शनिबार दिउँसोबाट अबेरसाँझसम्म यो फेशन शो चलेको थियो । विभिन्न आधादर्जन सिक्वेन्समा साना देखि ठुला मोडलसम्म प्यालस्टिकको पहिरन लगाएर र्याम्पमा उत्रिए ।

फेशन सोको क्रममा प्राकृतिक रुपमै पानी परिरहेको थियो भने अर्कोतर्फ र्याम्पमा कृतिम पानी समेत पारिएको थियो । आयोजक धिरज तण्डुकारका अनुसार यो वर्षाको झरी प्राकृतिक पानीको मज्जा लिँदै भिज्दै र्याम्पमा प्रस्तुत हुन तीन वर्षदेखि इभेन्ट बेटर ग्यालेक्सीले मनसुन फेशन परेड आयोजना गर्दै आएको छ । यसपटक फेशन परेडमा प्राकृतिक रुपमा पानी पर्दा फेशन सो अझ रमणीय भएको तण्डुकारले बताए ।