प्रतिष्ठा एशिया प्यासिफिक इन्टरनेशनल नेपाल घोषित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० भदौ

बौद्ध स्थित हायत रेजेन्सी होटेलमा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा मिस एशिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ को उपाधि प्रतिष्ठा साखले प्राप्त गरेकी छिन् ।

सो प्रतियोगितामा आश्रा श्रेष्ठ ट्यालेन्ट अवार्ड सहित मिस टुरिजम क्वीन इन्टरनेशनल नेपाल २०१९ घोषित भईन् । अनिला लामा मिस ग्लोबल ब्युटी क्वीन इन्टरनेश्नल नेपाल २०१९ घोषित भईन् ।

यो तीन सुन्दरीहरुले सम्बन्धित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तरास्ट्रीय प्रतिस्पर्धामा सहभागिता जनाउने आयोजक पक्षले जनाएको छ । यो प्रतियोगिता ग्रप अफ इभेन्ट इन्टरट्रेनर्सले आयोजना गरेको हो । प्रतियोगिताको कोरियोग्राफी अनुप सक्सेनाले गरेका थिए । रोजिन शाक्यको ग्रुमिङ रहेको यो प्रतियोगितामा सन्दीपा बिष्टलाई बेस्ट फिगर तथा बेस्ट इन गाउनको उपाधि प्रदान गरियो । यस्तै राजश्री केसी पपुलर तथा फोटोजेनिक, आरजु केसी फ्रेन्डशिप र श्रीजिता देउजा बेस्ट पर्सनालिटी घोषित भए ।

प्रतियोगितामा आईसी स्कुल अफ आर्ट एण्ड फेशनका बिधार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा सजिएर सहभागी १२ जना युवतीहरु स्टेजमा प्रस्तुत भएका थिए ।

प्रस्तुती ः जयन सुब्बा मानन्धर