सुदिप र कुशिका मोड हन्ट नेपाल घोषित 


ब्युटी न्युज नेपाल

काठमाडौं, २९ भदौ 

 पाँचौ संस्करणको ‘ मोडल हन्ट नेपाल २०१९’को उपाधि पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षिया कुशिका प्रसाइले पाएका छन् ।

शनिबार राती होटल सोल्टीको प्रेक्षालयमा आयोजित अन्तिम स्पर्धामा २९ प्रतियोगलाई पछि पर्दै वस्ती पुरुष तर्फ र २६ प्रतियोगीलाई पछि पार्दै प्रसाई युवती तर्फको विजेता बनेका हुन् । यी दुईले शिर्ष विजेता बनेका दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्ताराष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने आयोजक पक्षको दाबी छ ।

यो प्रतियोगीतामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप घोषित भए । परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पुर्व मिस नेपाल), सृजना रेग्मी (मोडल नायिका), दलजित सुदान (अन्तराष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर ( अन्तराष्ट्रिय फेसन कोरियोग्राफर) प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्ने उदेश्य समेत रहेको प्रतियोगितामा दिविस सिंखडा, सम्झना रावत मोष्ट इस्टाइलिस, रुपेश दहाल, ख्याति शर्मा वेष्ट पर्सनालिटी, सम्सद शाह र कुशिका प्रसाई वेष्टवाक, अनिल लिम्बु, सिमोना भट्टराई मिष्टर एण्ड मिस मल्टिमिडिया, केल्भिन कायस्था, विभुसी उपध्याय पब्लिकच्वाइस्, अमन शाह र विभुती उपाध्याय सोसियल्ली रेस्पोन्सिभल, सुदिप वस्ती, एलिना भुजु मोष्ट फोटोजेनिक घोषित भए ।

त्यस्तै हृतिका श्रेष्ठ र कुसुम रसाइली मोष्टपपुलर, केल्भिन कायस्था, प्रतिष्ठा थापा क्षेत्री अर्गनाइजर्स च्वाइस, सुदिप वस्ती र प्रतिष्ठा थापा क्षत्री वेष्ट फिजिक र फिगर घोषित भए ।

आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना गर्दै आएको बताए ।