आनन्द कार्कीको गुलाबी गीतसँगै मोडल्स एन्ड बोटल्समा हट फेशन,


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ भदौं

ललितपुरको डल्लु स्थित न्यु दक्षिणकाली रिसोर्टको प्राँगनमा म्युजिक बजिरहेको थियो । रातको ११ बजीसकेको थियो । सिमसिम पानी पर्दैै थियो । त्यो माहोललाई चिर्दै जब मोडलहरु र्याम्पमा उत्रिए । एक्कासी दर्शक दीर्घाबाट ताली बज्यो । हुटिङको आबाज सुनियो ।

शुक्रबार अबेर रात इभेन्ट बेटर ग्यालेक्सीले त्यहाँ सान्मिगल मोडल्स एन्ड बोटल्स फेशन नाईट तथा म्युजिक कन्सर्ट आयोजना गरेको थियो । डिजाईनर अनुले तयार पारेको तथा कलेक्सन गरेको सिल्भर लाईटिङ रिफ्लेक्टेड पहिरनमा सजिएर मोडलहरुले फेशन शो गरे ।

नाईट लङ तथा सर्ट गाउन र वान पिसमा उनीहरु र्याम्पमा उत्रिएका थिए । मोडलहरु सरिता रामदान, सृजा खरेल, उर्मिला केसी, सुनिता पुजारी, स्तर श्रेष्ठ, निशा श्रेष्ठ, सुसाना खनाल र निलिसा शाही ठकुरीले त्यहाँ फेशन प्रस्तुत गरे ।

कार्यक्रम सञ्चालक सोनिका रोकाय र हास्यकलाकार महादेब त्रिपाठीले कार्यक्रमको महौल आफ्नो उद्घोषणबाट तताएको सो समयमा अमित एन्ड रिदम व्यान्डको गायनले अझ रात निकै माधुर्य बनेको थियो ।

जब अग्रज गायक अनन्द कार्की मञ्चमा उत्रिए । उनले आफ्ना चर्चित गीतबाट त्यो रातलाई पूर्ण गुलावी तुल्याए । उनले बनमा फुल्यो फुल… लगायत आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । मध्यरातसम्म चलेको सो रातलाई मोडल तथा अभिनेत्री सरु धिमालले आफ्ना कामुक नृत्यले अझ गुलाबी तुल्याईन् । उनले विभिन्न हट गीतमा तीन ओटा नृत्य प्रस्तुत गर्दा कार्यक्रम स्थलमा दर्शकहरु वर्षाको वेवास्ता गर्दै भिजेर नाचेका थिए ।

पानी परिरहेको बेलामा पनि त्यसको वेवास्ता गर्दै दर्शक, कलाकार र मोडलले साथ दिँदा मोडल्स एन्ड बोटल्स फेशन नाईट तथा म्युजिक कन्सर्ट निकै सफल भएको आयोजक इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष एवम् कोरियोग्राफर धिरज तन्डुकारले बताए ।