‘लडे झाडीमा…’ भन्दै मिना निरौला र रविन


ब्युटी न्युज नेपाल
काठमाडौ, २८ भदौ

गायक रविन अधिकारी र गायिका मिना निरौलाको स्वरमा नयाँ गीत लडे झाडीमा…को भिडियो दर्शकमाझ आएको छ । सञ्चारकर्मी भोला अधिकारीले यो गीतमा संगीत दिएका छन् । गीत बासुदेव घिमिरेले लेखेका छन् ।

भोला अधिकारी संगीत गीतकार बासुदेव घिमिरेले यस अगाडी ‘ म त परेको मान्छे…’ गीत बजारमा ल्याएका छन् । पछिल्लो समय डान्सिङ गीतको चलन बढिहेका बेला गायक रविनले पनि यस्तै खालको गीत बजारमा ल्याएका हुन् ।

यस गीतको म्युजिक भिडियो काजी ,दिपक र सम्झनाले अभिनय गरेका छन् । रोशन दाहालको निर्देशन रहेको भिडियोलाई सविन भट्टराई कोरियोग्राफी गरेका छन् ।