रातो टीका गीतमा साम्राज्ञी र अंकितको ठुम्का


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ भदौ

यही दशैंको पूर्व सन्ध्या १० असोजबाट प्रदर्शनमा आउने चलचित्र रातो टीका निधारमाको शिर्ष गीत रातो टीका निधारमा टलक्क टल्कियो…को भिडियो राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव अभिनेता अंकित शर्माले अभिनय गरेका छन् । भिडियोमा दुबैको नृत्य प्रसँसनीय छ । यी दुईको ठुम्का आकर्षक छ ।

अंकित र साम्राज्ञीसँगै यो गीतको भिडियोमा बुद्दी तामाङ, निता ढुँगाना, रविन्द्र झा, जयनन्द लामा, बसुन्धरा भुसाल, खुस्बु खड्का, शिबहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकार पनि नाचेका छन् । यो गीतको भिडियो राम्रो दशैं गीत भिडियो बनेको छ । गीतले दशैं नजिकिएको भान गराउँछ । जसमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतले युट्युवमा २४ घन्टामै करिब ५ लाख भ्युज दर्शकको पाएको छ ।

यो चलचित्रलाई निर्देशन अशोक शर्माले गरेका हुन् । शर्माले दुई दशक अघि निर्माण गरेको चलचित्र ‘अल्लारे’को गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो…’ लाई पुन रेकर्ड गरेर यो चलचित्रको शिर्ष गीत बनाएका हुन् । गीतको शिर्षकबाट फिल्मको नाम राखिएको छ ।

गीतको पहिलो भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो । अहिले पुन रेकर्ड गरिएको गीतलाई गायक प्रमोद खरेल र गायिका मेलिना राईले गाएका हुन् । दुबै भर्सनको गीतमा बरिष्ट संगीतकार शम्भुजित बाँस्कोटाको संगीत र शहदेव ढुंगानाको गीत छ । रातो टिका निधारमा नयाँ गीत निकै कर्णप्रिय बनेको छ । यसले दर्शकको भ्युज र प्रसँसा पनि युट्युवमा राम्रो पाएको छ ।

बसन्त श्रेष्ठले सहज कोरियोग्राफी गरेका छन् । नजिकिँदै गरेको दशैंमा यो गीतले चर्चा पाउने देखिन्छ ।
यो चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । फिल्मलाई निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले निर्माण गरेका हुन् ।