सनी लियोनीले काठमाडौंमा दर्शकसँग हेरिन पासवर्ड 


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ भदौ

पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनी दुई दिनको लागि यतीबेला काठमाडौंमा छिन् । उनी बिहिबार दिउँसो ३ बजे मुम्बईबाट काठमाडौं आएकी हुन् । तर एयरपोर्टबाट उनी ५ बजे मात्र बाहिर आईन् ।

बिहिबार बेलुका साँढे ६ बजे उनी नयाँ चलचित्र पासवर्डको प्रिमियर शोमा सहभागी हुने कार्यक्रम थियो । तर यो फिल्मको प्रिमियर शो स्थल काठमाडौको कुमारी हलमा राखिएकोमा उनी ८ बजेपछि मात्र प्रिमियरमा आईन् । दर्शकसँगै बसेर यो फिल्म हेरिन् । फिल्म राम्रो भएको बताईन र आफ्नो पहिलो नेपाली फिल्म पासवर्ड हेर्न उनले नेपाली दर्शकलाई पनि अनुरोध गरिन् ।

अभिनेत्री सनी शुक्रबार मध्यान्न काठमाडौंबाट मुम्बई फर्कने छिन् । उनी पासवर्डको प्रिमियरको लागि मात्र काठमाडौं आएकी हुन् । यस अघि बिगतमा काठमाडौंका विभिन्न क्यासिनमा डान्स गर्नका लागि आउने गरेकी सनी यसपटक आफ्नै फिल्मको प्रिमियरको लागि आएकी हुन् । उनलाई करिब ३ करोड रुपैयाँ दिएर पासवर्डको लागि अनुबन्धित गरिएको र सोही कारण सनी प्रिमियरमा आएको निर्माण पक्षको दाबी छ ।

नेपाली चलचित्र पासवर्ड शुक्रबारबाट मुलुकका ७ दर्जनभन्दा बढी फिल्म हलमा रिलिज हुँदैछ । यो फिल्ममा शनीले एउटा आईटम डान्स र केही दृष्यमा अभिनय गरेकी छिन् । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । यो फिल्ममा सनीसँगै अनुपबिक्रम शाही, बिक्रम जोशी, बुद्दी तामाङ, रबिन्द्र झालगायतको मुख्य भूमिका छ ।