बरिष्ट व्युटिसियन सोनी, रश्मिला र विभिन्न ब्यक्ति सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

ब्युटी न्युज नेपालका सौन्दर्य सल्लाहकार तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट सौन्दर्यकर्मी सोनी कारंजित र रश्मिलाज फेसियल हाउसकी अध्यक्ष तथा बरिष्ट सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ, बरिष्ट सौन्दर्यकर्मी सम्मानबाट सम्मानित भएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्थाद्धारा बुधबार काठमाडौंको नाचघरमा आयोजित आयोजित ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ समारोहमा यी दुई बरिष्ट व्युटिसियन सम्मानित भएका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले यी दुई बरिष्ट व्युटिसियनलाई सम्मान गरेका हुन् । नेपाली व्युटिसियन क्षेत्रमा बिगत दुई दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएकाले यी दुईलाई सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले बताए ।

यस्तै सो कार्यक्रममा औद्योगिक शान्ति नेपाल संस्थाद्धारा आयोजित सो कार्यक्रममा बरिष्ट ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।

वरिष्ठ सङ्गीतकार राजु सिंहलाई रजत सम्मानबाट सम्मानित गरिएको सो कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान, पत्रकारहरु कृष्ण भुसाल, सोम शर्मा बजगाईं, किरणप्रसाद अधिकारी र कमला जोशीलाई पत्रकारिता सम्मान प्रदान गरियो ।

समाजसेवी दिपक थापा, सुनिल बज्राचार्य, छिरीङ डोल्मा शेर्पा, डि.बि. रानापाल, ढाका उधोग ब्यबसायी कल्पना लिम्बु योङ्गहाङ, राष्ट्रिय खेलाडी जनक बर्तौला, भेष खड्की, ब्युटी पेजेन्ट आयोजक निशुकान्त झा तथा पवन अग्रवाल लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

सञ्चारकर्मी सूर्य चन्दको सँयोजकत्वमा सम्पन्न यो अवार्ड समारोहमा दुई दर्जन भन्दा बढी विविध साँगीतिक विधामा अवार्ड प्रदान गरिएको थियो ।