आयो प्रेम संसारको पहिलो गीत (भिडियो सहित)


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

आगामी १३ मंसिरबाट रिलिजको घोष्णा गर्दै चलचित्र ‘प्रेम संसार’को पहिलो गितको भिडियो बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । सुनैना सुनैना…बोलको यो गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । गीतको भिडियो कोरियोग्राफर राम गौतमले गरेका हुन् ।

यो गीतको भिडियोमा चलचित्रका अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्कीले अभिनय गरेका छन् । चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतको अभिनय रहेको छ ।

राम गौतमको निर्देशन रहेको यस चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको द्धन्द्ध निर्देशन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।

यो चलचित्रको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् । यसमा उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।