‘फेशन प्रति सजग छु’– अभिनेत्री वर्षा 


ब्युटी न्युज नेपाल

काठमाडौं, २६ भदौ

काठमाडौंको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिकको बिहिबार उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफु सँधै फेशन प्रति सजक रहेको बताएकी छिन् ।

अभिनेत्री राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको पनि जिकिर गरेकी छन् ।

बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले क्रियसनकी संचालिका सजिना बिष्टसँग  पारिवारिक नाता रहेकाले पनि यो बुटिकसँग आफु जोडिएको बताईन् ।

कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बर्षाले बताईन् । ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएको उनको कथन थियो ।

धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी सजिना बिष्टले यो बुटिक संचालनमा ल्याएकी हुन् । बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।

बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन् ।