बिर्तामोडमा निल काँडाको छायाँकन


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

चलचित्र’ निल काँडा’ को सोमबारबाट झापाको विर्तामोडमा छायाँकन सुरु भएको हो । सो क्षेत्रका विभिन्न ठाउँमा यो चलचित्रको छायाँकन जारी रहेको यसका निर्देशक दिनेशराज शर्माले जानकारी गराएका छन् ।

यो चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ), रिस्ता बस्नेत, नब नायक दिपक तिवारी, नब नायिका तेजश्वनी बास्कोटा, उमा बेबी, विक्रान्त गिरि, श्याम चौधरी, याम खरेललगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रको कथा तेजश्वनी बास्कोटाले लेखेकी हुन् । जसमा निर्देशक शर्माको पटकथा, सम्बाद छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस चलचित्रलाई दिपक तिवारीले निर्माण गरेका हुन् । लामो समय अमेरिका बसेका यी युवा यसै फिल्मबाट अभिनयमा आउँदैछन् ।

निल काँडामा बरिष्ट चलचित्र निर्देशक लक्ष्मी नाथ शर्मा टेक्निकल एड्भाइजरको रुपमा रहेका छन् । चलचित्र संगीत बिकाश चौधरीको सँगीत, बिनोद सापकोटाको छायाँकन र कुमार सिलवालको निर्माण व्यबस्थापन रहने छ । यो चलचित्रलाई आगामी मङ्सिर १५ गते को दिन देखि प्रदर्शनमा ल्याउने पनि निर्माण पक्षले जनाएको छ । चलचित्रको निर्मातामा मुना पौडेल रहेकी छन् ।