फर्पिङ रिसोर्टमा शुक्रबार र शनिबार मनसुन फेशन


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा ललितपुरको फर्पिङ रिसोर्टमा यो २७ र २८ भदौ अर्थात यो शुक्रबार र शनिबार ‘मनसुन फेशन परेड–३’ आयोजना हुने भएको छ । फेशन परेडको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष धिरज तण्डुकारले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।

मनसुन फेसन परेडको यो तेश्रो सृँखला हो । यस पटक २७ भाद्र शुक्रबार बेलुका विशेष कार्यक्रम रहेको धिरजले जानकारी गराए । उनका अनुसार शुक्रबार बेलुका फेशन शोसँगै डिजे पार्टी रहेको छ । यस्तै शनिबार मनसुन फेशन सो सँगै पुल पार्टी सहित विभिन्न म्युजिकल प्रस्तुति रहेको धिरजले जानकारी गराए ।

रिसोर्टका स्विमिङ पुल साईटमा शनिबार बिहान ११ बजेबाट सुरु हुने पुल पार्टी तथा आक्वा डान्ससँगै र्यापर गिरिस खतिवडाको प्रस्तुति रहने छ । यस्तै बुलेट फ्लो, मिनु चाम्लिङ, मालिका शाक्य, सोनिका रोकाय, प्रविणा श्रेष्ठको पनि विशेष प्रस्तुति रहने छ । कार्यक्रममा बेली डान्स, बलिउड डान्सपनि रहेको धिरजले जानकारी गराए । सोही क्रममा वाटर प्रुफ ड्रेस फेशन शो पनि आयोजना हुँदैछ । यसको लागि विशेष डिजाईनका फेशन तयार गरिएको छ ।

आक्वा जुम्बामा सुवर्ण खड्काको विशेष कोरियोग्राफी रहने छ । क्षितिज शाही र रोशन श्रेष्ठ आयोजक रहेको यो कार्यक्रममा अपेक्षा खड्का र सृजा खरेलले बालबालिकाहरुको फेशन शोको कोरियोग्राफी गर्दैछन् । विशेष फेशन शोको कोरियोग्राफी धिरज आफैंले गर्दैैछन् ।

यो फेशन शोमा नेपाल इन्टिच्युट अफ फेशन, त्रिदेवी फेशन हाउस, राखी कलेक्सन लगायतको फेशन डिजाईनहरु रहने छ । मनुसन फेशन परेड शृँखला ३ को स्पोन्सरमा प्लेब्वाई, फग, पाटन कलेज, स्टार मल्टी इभेन्ट कम्पनी, फ्लाईटिच इन्टरनेशलनलगायत छन् ।