फस्ट लुक्समा रातो टीका निधारमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ भदौ

चलचित्र ‘रातो टीका निधारमा’को फस्ट लुक्सको रुपमा चार ओटा पोस्टर सार्वजनिक गरिएको छ । अग्रज सिनेकर्मी अशोक शर्माले निर्देशन गरेको यो चलचित्रको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई विशेष महत्व दिइएको छ ।

बाँकीलाई पोष्टरमा पनि सहायक रुपमा प्रस्तुत गरिएको छ । यो चलचित्रका कलाकारहरु रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका सबै कलाकार सिक्स सिटर पोष्टरमा समेटिएका छन् । बाँकी बाँकी तीन ओटा थर्टी बाई फोर्टी पोष्टरमा चलचित्रका पाँच मुख्य कलाकारलाई राखिएको छ ।

यो चलचित्र १० असोजबाट रिलिज हुने भएको छ । दशैँ लक्षित सिनेमाको पोस्टर रातो टीका र जमराको रङ्गले पोतिएको छ । सबै कलाकारलाई टीका लगाएर पोष्टर उतारिएको छ ।

ए. ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । यो चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन छ ।