चपली हाईट ३ निर्माण घोषणासँगै कलाकार सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ

चलचित्र चपली हाईट–३ निर्माण हुने भएको छ । चपली हाईट र चपली हाईट २ थ्रिलसँगै ‘सेक्स जन्य सिन’का कारण चर्चामा थियो । तर चपली हाईट ३ मा सेक्स सिन नहुने भएपछि आफु यो फिल्ममा मुख्य नायिकाको रुपमा अनुबन्धित भएको यो चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले घोषणा कार्यक्रममा बताईन् ।

यो चलचित्रलाई अर्जुन कुमारले नै निर्माण गर्दैछन् । यसको निर्देशकमा निकेश खड्का रहेका छन् । फिल्मलाई आगामी कात्तिकको तेश्रो साताबाट छायाँकन सुरु गरिने भएको छ ।

यो चलचित्रमा स्वस्तिमासँगै नव अभिनेता महेश त्रिपाठी, अभिनेत्री सुपुष्पा भट्ट, आमिर गौतम, प्रतीक श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ । सुपुष्पाले चलचित्र रणबीरबाट डेब्यु गरेकी हुन । उनको दोस्रो फिल्म छ माया छपक्कै अहिले प्रदर्शनको तयारीमा छ भने यो तेश्रो चलचित्र हो ।

यौनजन्य दृष्यका कारण चलचित्र चपाली हाईटको दुई ओटा शृंखला नै विगतमा विवादमा रहे । यी दुवै फिल्ममा कलाकारले निर्वाह गरेको यौनजन्य (बोल्ड) भूमिकाका कारण यी फिल्म चर्चामा रहेका थिए ।

चपली हाईटमा अभिनेत्री बिनिता बराल र चपली हाईट २ मा अभिनेत्री पारमिता राज्यलक्ष्मी राणा निकै कामूक रुपमा उत्रिएका थिए । तर चपली हाईट ३ मा त्यो कामुकता हुने छैन ।

चपली हाईट भन्ने बित्तिकै दर्शकको दिमागमा सेक्स र भल्गर भन्ने सोचाइ विगतमा थियो । तर, अब त्यस्ता दृष्यहरू चपली हाईटको तेस्रो शृंखलामा नुहने भएकाले त्यस्तो सोचलाई दिमागबाट दर्शकले निकाल्नु पर्ने हुन्छ ।’ अभिनेत्री स्वस्तिमाले भनेकी छिन् ।

चलचित्र चपली हाईट–३ को मंगलबार काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरियो । आगामी तिहारको लगत्तै छायांकन सुरु हुने यो चलचित्रको यसै वर्ष चैतमा रिलिज गरिने निर्माता अर्जुनकुमारले बताएका छन् ।