ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ

जापानको टोक्योमा गत वर्ष सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ को दोस्रो शृंखला पनि त्यही आगामी ८ मँसिरमा हुने भएको छ । यसको घोषणा मँगलबार राजधानीमा एक समारोहबीच गरियो ।

आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्ष बासुदेव लामिछाने दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरे । अभिनय, गायन, नृत्य र हास्यविधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने पनि उनले सो कार्यक्रममा बताए ।

यो अवार्ड समारोह आगामी नोभेम्बर २४ (मँसिर ८ गते) मा टोकियोमा हुने जानकारी उनले गराए । आफु यही अवार्डको तयारीमा जापानबाट नेपाल आएको पनि उनले बताए ।

लामिछानेका अनुसार यसपटक ६ फिल्म र ६ संगीतकाविधालाई समेटिएको छ । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमाहुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

नेपाल तर्फको कार्यक्रम व्यबस्थापक समिर बलामीका अनुसार गतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिकभएका फिल्म तथा गीतसंगीतले यो अवार्डमा सहभागिता जनाउन पाउनेछन् ।

कार्यक्रमका नेपाल सँयोजक नरेश भट्टराईका अनुसार दुइ दशक भन्दा लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सो कार्यक्रममा सम्मानित गरिने छ । यस्तै एक दशक भन्दा लामो समयदेखि फिल्मी यात्रामा सक्रिए फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक पत्रकारलाई फिल्मपत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।
अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ ।

जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको पनि आयोजक पक्षले बताएको छ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्षप्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकालले अवार्डको सफलताको कामना सो कार्यक्रममा व्यक्त गरे ।