ब्युटी न्युज नेपाल
काठमाडौं, २३ भदौं

बिजया दशमीको अवसर पारि १७ असोजबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ ।

यो चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको हो । चलचित्र काले दाईलाइ शिव शर्माले निर्देशन गरेका हुन् ।

चलचित्रमा ईन्द्र रामजाली र अनु पराजुली मुख्य भूमिकामा छन् । इन्द्र र अनुको वियोगान्त प्रेमलाई चलचित्रको कथा बनाईएको छ । यसमा शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको पनि मुख्य भूमिका छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ।

यो चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

अहिलेको समसामयिक समाजमा अझै बिकराल बनेको छुवाछुतको समस्यालाई पनि फिल्ममा उठाएको यसका निर्देशक शिबले बताएका छन् ।